तपाईलाई थाहा नहुन सक्छ ह्याकरको निशानामा तपाईंको मोबाइल: जान्नै पर्ने तथ्यहरू

आजको डिजिटल युगमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ। व्यक्तिगत जानकारी, बैंकिङ विवरण, सामाजिक सञ्जालका पासवर्डदेखि लिएर तस्वीर र निजी कुराकानीसम्म सबै मोबाइलमा हुन्छन्। यसैले मोबाइल फोन ह्याक हुनु भनेको जीवनमै ठूलो जोखिम आउनु हो। यो ब्लगमा हामीले मोबाइल फोन कसरी ह्याक हुन्छ?, कसरी बच्ने ? र ह्याक भएमा के गर्ने? भन्ने विषयमा सरल भाषामा जानकारी दिनेछौं।
 मोबाइल फोन ह्याक हुने सामान्य तरिका 1. फिशिङ (Phishing Attack) नक्कली SMS, इमेल वा लिंक पठाएर प्रयोगकर्तालाई क्लिक गर्न बाध्य पारिन्छ। एकपटक लिंक क्लिक गरेपछि ह्याकरले तपाईको पासवर्ड वा डेटा चोर्न सक्छ। 2. नक्कली एप (Fake Apps) Google Play Store वा बाहिरी वेबसाइटबाट डाउनलोड गरिने नक्कली एपमार्फत ह्याक। यस्तो एपले ब्याकग्राउण्डमा तपाईंको डाटा पठाइरहन्छ। 3. पब्लिक Wi-Fi - निःशुल्क Wi-Fi प्रयोग गर्दा ह्याकरले नेटवर्कमा घुसपैठ गर्न सक्छ। - यत्तरी तपाईंको इन्टरनेट गतिविधि सजिलै ट्याक हुन्छ। 4. स्पाइवेयर वा मालवेयर (Spyware/Malware) एकपटक मोबाइलमा इन्स्टल भएपछि सबै गतिविधि (कुराकानी, लोकेशन, पासवर्ड) रेकर्ड हुन्छ। 5. SIM Swap Attack. ह्याकरले तपाईंको सिम कार्ड क्लोन गरेर OTP वा बैंकिङ डाटा नियन्त्रण गर्न सक्छ। ह्याकबाट कसरी बच्ने? Play Store वा आधिकारिक स्रोतबाट मात्र एप डाउनलोड गर्ने।
 अज्ञात लिंकमा कहिल्यै क्लिक नगर्ने। Mobile वा Social Media को दुई तह प्रमाणीकरण (2FA) प्रयोग गर्ने। Strong Password राख्ने र नियमित परिवर्तन गर्ने। Public Wi-Fi प्रयोग गर्दा VPN प्रयोग गर्ने। मोबाइलमा एण्टिभाइरस वा सिक्योरिटी एप इन्स्टल गर्ने। मोबाइल ह्याक भयो भन्ने कसरी थाहा पाउने? ब्याट्री छिट्टै सकिनु मोबाइल अत्यधिक ठातिनु अनावश्यक एप आफै इन्स्टल हुनु मोबाइल स्लो हुनु वा अचानका बन्द हुनु अज्ञात नम्बर वा सन्देश पठिनु मोबाइल ह्याक भएमा के गर्ने? 1. तुरुन्तै इन्टरनेट बन्द गर्ने। 2. शंकास्पद एप हटाउने। 3. सबै पासवर्ड परिवर्तन गर्ने। 4. Google/Apple Account को सुरक्षा जाँच गर्ने। 5. आवश्यकता अनुसार मोबाइल Factory Reset गर्ने। 6. बैंक वा आवस्यक निकायलाई तुरुन्त जानकारी दिने।
     

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर