Posts

Showing posts from August, 2025

२९ गतेबाट नयाँ नोट वितरण, कहाँ कसरी पाउने?

Image
             १५ भदौ, काठमाडौं । दसैंका लागि नयाँ नोट (सुकिला नोट) यही भदौ २९ गतेदेखि साट्न पाइनेछ ।नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो ।राष्ट बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सहटी गर्न सकिनेछ ।यस्तै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघ/संस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ । यस वर्ष विजया दशमी असोजको १६ गते परेको छ । घटस्थापना ६ गते परेको छ भने फूलपाति १३ गते छ । दसैं पर्व घटस्थापनादेखि नै सुरु हुन्छ । Redirecting... Please wait.

आफ्नो बहुमत हुनेगरी प्रधान न्यायाधीशले वरिष्ठ न्यायाधीशहरूलाई पन्छाएर गठन गरे संवैधानिक इजलास, गोला प्रथाको असंवैधानिक अडानबाट

Image
आफ्नो बहुमत हुनेगरी प्रधान न्यायाधीशले वरिष्ठ न्यायाधीशहरूलाई पन्छाएर गठन गरे संवैधानिक इजलास, गोला प्रथाको असंवैधानिक अडानबाट ३ महिनापछि ब्याक,  काठमाडौं । संवैधानिक इजलासमा आफू अनुकूल फैसला नभएपछि प्रतिशोधमा उत्रिएका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत अन्ततः करिब ३ महिनापछि संविधानबमोजिम इजलास गठन गर्न बाध्य भएका छन् । संविधानको धारा १३७ विपरीत संवैधानिक इजलास पनि गोला प्रक्रियाबाट चयन गर्ने उनको प्रयासमा वरिष्ठतमसहित बहुमत न्यायाधीश असहमत भएपछि लामो समय इजलास नै बस्न सकेको थिएन । बुधवार राउतले संविधान बमोजिम न्याय परिषदको रोष्टरभित्रबाट इजलास गठन गरका छन्, तर उनले वरिष्ठ न्यायाधीशहरूबाट संवैधानिक इजलास गठन गर्ने प्रचलन भने तोडेका छन् । बुधबार गठित इजलासमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लपछिका बरिष्ठ न्यायाधीशहरूलाई राखिएको छैन । सपनापछिको वरीयतामा क्रमशः रहेका कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा र कुमार चुँडाललाई राउतले संवैधानिक इजलासमा राखेका छैनन् ।  उनले अन्तिमबाट क्रमशः नहकुल सुवेदी, तीलप्रसाद श्रेष्ठ र विनोद शर्मालाई इजलासमा राखेका ...

नयाँ खोज नयाँ आविष्कार : फिङ्गरप्रिन्टले मात्र खुल्ने ‘एटी चिटेड ब्रा '

Image
            जापानको नयाँ आविष्कार : फिङ्गरप्रिन्टले मात्र खुल्ने ‘एटी चिटेड ब्रा’ विश्व टेक्नोलोजी र नवप्रवर्तनमा दिन–प्रतिदिन चमत्कारी कुरा देखिन्छन्। त्यस्तै, जापानमा हालै आएको एउटा अनौठो इनोभेशन सामाजिक सञ्जालमा भाइरल बनेको छ। यो हो फिङ्गरप्रिन्टले मात्र खुल्ने ब्रा, जसलाई “एटी चिटेड ब्रा” नाम दिइएको छ। के हो यो ‘एटी चिटेड ब्रा’? यो एक विशेष प्रकारको स्मार्ट ब्रा हो, जुन सामान्य लुगा जस्तो देखिन्छ। तर यसमा एउटा इलेक्ट्रोनिक सेन्सर फिट गरिएको हुन्छ। ब्रा लगाउने व्यक्तिको फिङ्गरप्रिन्ट मिलाएर मात्र यसलाई खोल्न सकिन्छ। अरु कसैले खोल्ने प्रयास गरे पनि यो सुरक्षित रहन्छ। यो प्रणालीले व्यक्तिगत सुरक्षा र गोपनीयता दुवैलाई उच्च प्राथमिकतामा राखेको दाबी गरिएको छ। किन भाइरल भयो? इन्स्टाग्राम र टिकटकमा यस सम्बन्धी भिडियोहरू लाखौँले हेरेका छन्। धेरैले यसलाई रोचक, हास्यास्पद वा व्यावहारिक दृष्टिले चर्चा गरेका छन्। कतिले यसलाई फेशन र सुरक्षा दुवै मिसाएको इनोभेशन भनेका छन्। कतिले भने अनावश्यक जटिलता थपिएको भन्दै आलोचना पनि गरेका छन्। सम्भावित प्रयोग र चुनौती प्रयोग...

गुणस्तर उच्च शिक्षाका नाममा नेपालबाट अरबौं रुपैयाँ बाहिरिँदै, देश रित्तिदै

Image
          नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक जाने क्रम वर्षेनी बढेसँगै नेपालबाट विदेश जाने रकम पनि बढ्दै गएको अधिकारीहरूले बताएका छन्। शैक्षिक परामर्शदाता संस्थाहरूको अनुमानमा उच्च शिक्षाका लागि विदेश जाने नेपालीहरूका कारण वर्षेनी सवा खर्ब रूपियाँको हाराहरीमा रकम विदेशीएको देखिन्छ। तर नेपाल राष्ट्र ब्याङ्कका एक जना अधिकारीले यो आर्थिक वर्ष विद्यार्थीहरूका कारण ४० अर्ब रूपियाँ विदेशिने अवस्था रहेको बताएका छन्। एक जना शिक्षाविद्ले नेपालका विश्वविद्यालय र कलेजहरूले गुणस्तरीय शिक्षा सुनिश्चित नगरेसम्म विद्यार्थी विदेश जाने प्रवृत्ति रोक्न नसकिने जनाएका छन्। उच्च शिक्षा यो वर्षमात्र विदेशमा पढ्न जानका लागि ५६ हजार विद्यार्थीले सरकारी स्वीकृति अर्थात 'नो अब्जेक्सन सर्टिफिकेट' लिएको शिक्षा मन्त्रालयले जनाएको छ। गत वर्षको तुलनामा यो संख्या झन्डै १८ हजारले बढी हो। विदेशमा गएर उच्च शिक्षा लिने नेपाली विद्यार्थीको मोह ह्वात्तै वढ्‌दै जानुको कारणबारे नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले भने, "नेपालमा राम्रा शिक्षाका अवसरह...

गोदाममा मल हुँदा पनि सहकारीले किसानलाई मल नदिएकोले सकारीको ताला तोड्न बाध्य

Image
रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ स्थित विराट कृषि सहकारी संस्था लि. मल खाद भण्डारण तथा वितरण केन्द्रमा रहेको मल किसानलाई नदिइएपछि गोदाममा ताला फुटाएर मल वितरण गरिएको छ ।  गोदाममा मल हुँदा पनि सहकारीले किसानलाई मल नदिएको गाउँपालिकामा गुनासो आएपछि अध्यक्ष विद्या यादव स्वयं पुगेर सहकारीको ताला फोडेर मल वितरण गरेका हुन् । अध्यक्ष यादवले गाउँपालिकामा आएको मल प्रत्येक किसानलाई एक/एक बोरा दिने निर्णय पालिकाले गरेको बताउँदै सोअनुसार मल वितरण नभयपछि सकारीको ताला तोड्न बढ्यत भएको बताए 'किसान समयमा मल नपाउँदा निकै मर्कामा परेका छन् । विराट सहकारीमा एक हप्ता अघि मल आए पनि किसानलाई वितरण नगरिएपछि बाध्य भएर सहकारीको गोदाम फोडर निरीक्षण गर्दा त्यहाँ रहेका २८४ बोरा युरिया मल वितरण गरिएको हो', उनले भने स्थानीय किसान, सरोकारवाला निकाय, पालिकाका पदाधिकारी, कर्मचारी, लगायतको रोहबरमा ताला तोडेर मला गरिएको अध्यक्ष यादवले बताए ।।  सोमबार गाउँपालिकाको कार्यालय पुगेका स्थानीयले सहकारीका सञ्चालक सम्पर्कविहीन भएको र फोन सम्पर्क गर्दा पनि सन्तोषजनक जवाफ नदिइ मल दिन आलटाल ग...

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी मुद्दामा आफ्नो भागमा पर्न सक्ने बिगोबराबर धरौटी बुझाउँदा पनि थुनामुक्त हुन नसक्ने

Image
               राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी मुद्दामा आफ्नो भागमा पर्न सक्ने बिगोबराबर धरौटी बुझाउँदा पनि थुनामुक्त हुन नसक्ने रूपन्देही जिल्ला अदालतको आदेश पुनरवलोकनको माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन्। लामिछानेले केही साताअघि बुटवलको सूप्रीम सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा दोषी ठहरिए आफ्नो भागमा पर्न झन्डै २.७५ करोड रुपैयाँ ब्याङ्क ग्यारेन्टी बुझाएर थुनामुक्त हुन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए। त्यसमा सुनुवाइ गर्दै अदालतले उनको माग अस्वीकार गरेको थियो। त्यसमा आफूलाई चित्त नबुझेको दाबी गर्दै लामिछानेले सोमवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएको त्यहाँका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। कुँवरका अनुसार लामिछानेको निवेदनमा बुधवार पहिलो सुनुवाइ हुने सम्भावना छ। सूप्रीम सहकारीको बचत अपचलनको अभियोगमा थुनछेक बहसका क्रममा गएको माघ १३ गते रूपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो। तर चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्...

विगत केही दिनदेखि वीरगन्ज महानगरमा हैजाको सङ्क्रमण फैलन थालेपछि

Image
           विगत केही दिनदेखि वीरगन्ज महानगरमा हैजाको सङ्क्रमण फैलन थालेपछि वीरगन्ज महानगर अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको तथा महानगर क्षेत्रभित्रका पानीपुरी,  चाट, चटपटे लगायतका खानेकुराको विक्री वितरणमा पनि रोक लगाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिएका छन्। वीरगन्जका अस्पतालहरू हाल झाडापखालाका बिरामीहरूले भरिएका तथा स्थानको समेत अभाव हुन थालेको नारायणी अस्पतालका प्रवक्ता एवं वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहले बताएका छन्। झाडापखालाका सिकिस्त र हैजाका श‌ङ्कास्पद बिरामीहरू थपिने क्रम जारी रहेको उनले बताए।विगत केही दिनदेखि वीरगन्ज महानगरमा हैजाको सङ्क्रमण फैलन थालेको छ। Redirecting... Please wait.

तपाईलाई थाहा नहुन सक्छ ह्याकरको निशानामा तपाईंको मोबाइल: जान्नै पर्ने तथ्यहरू

Image
आजको डिजिटल युगमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ। व्यक्तिगत जानकारी, बैंकिङ विवरण, सामाजिक सञ्जालका पासवर्डदेखि लिएर तस्वीर र निजी कुराकानीसम्म सबै मोबाइलमा हुन्छन्। यसैले मोबाइल फोन ह्याक हुनु भनेको जीवनमै ठूलो जोखिम आउनु हो। यो ब्लगमा हामीले मोबाइल फोन कसरी ह्याक हुन्छ?, कसरी बच्ने ? र ह्याक भएमा के गर्ने? भन्ने विषयमा सरल भाषामा जानकारी दिनेछौं।  मोबाइल फोन ह्याक हुने सामान्य तरिका 1. फिशिङ (Phishing Attack) नक्कली SMS, इमेल वा लिंक पठाएर प्रयोगकर्तालाई क्लिक गर्न बाध्य पारिन्छ। एकपटक लिंक क्लिक गरेपछि ह्याकरले तपाईको पासवर्ड वा डेटा चोर्न सक्छ। 2. नक्कली एप (Fake Apps) Google Play Store वा बाहिरी वेबसाइटबाट डाउनलोड गरिने नक्कली एपमार्फत ह्याक। यस्तो एपले ब्याकग्राउण्डमा तपाईंको डाटा पठाइरहन्छ। 3. पब्लिक Wi-Fi - निःशुल्क Wi-Fi प्रयोग गर्दा ह्याकरले नेटवर्कमा घुसपैठ गर्न सक्छ। - यत्तरी तपाईंको इन्टरनेट गतिविधि सजिलै ट्याक हुन्छ। 4. स्पाइवेयर वा मालवेयर (Spyware/Malware) एकपटक मोबाइलमा इन्स्टल भएपछि सबै गतिविधि (कुराकानी, लोकेशन, पासवर्ड) रे...

पतिको मृत्युपछि उसकी विधवालाई भाङ र धतुरो खुवाएर

Image
                सती प्रथा...!!पतिको मृत्युपछि उसकी विधवालाई भाङ र धतुरो खुवाएर नशामा लट्ठ बनाइन्थ्यो।  त्यसपछि उनलाई चितामा बसालेर काँचो बाँसले थिचेर राखिन्थ्यो, ताकि जलिरहेकी महिलाले चिताको पिडा सहन नसकेर बाहिर नभागोस् । चितामा धेरै चिनी र घिउ हालेर यति धेरै धुवाँ गरिन्थ्यो कि त्यो दृश्य देखेर कोही नडराओस् ।  अनि ढोल, करताल र शंख बजाइन्थ्यो ताकि कोही उनको चिच्याहट, रुवाइ वा विन्ती सुन्न नपाओस्। यही थियो 'सहमरण' अर्थात सती प्रथा । चन्द्र शम्शेर बाट १९७७ असार २५ गतेका दिनदेखि यो प्रथाको अन्त्य गरिएको थियो ।       Redirecting... Please wait.

नेपालबाट किन भइरहेको छ पशु चौपाया तस्करी? प्रहरी-प्रशासन किन रोक्दैनन्

Image
                गाई-गोरुको भारत-नेपाल-भारतको यातनायुक्त यात्रा, नेपाली गाई-गोरु बेचबिखन हुने बजार व्यवस्थापककै आफ्नै व्यथा अनि किसानका आफ्नै कथा, गाईगोरु र तिनको तस्करीबारेको शृङ्खलाको भाग-५  गाई डोऱ्याउँदै बिहानै मोरङस्थित नयाँ मङ्गलबारे कृषि तथा पशु बजार पुगेकी सावित्रा भट्टराई ग्राहकको व्यग्र प्रतीक्षामा थिइन। तेस्रो बेते स्थानीय दुहुनो गाई किन बेच्दै छिन्? "जिम्मा दिएका व्यक्तिले पाल्न नसक्ने भन्दै फर्काइदिए, एउटा गाई पहिल्यैदेखि घरमै थियो," एउटा गाईको दूध नै परिवारलाई पर्याप्त रहेको बताउँदै बाध्यता सुनाइन्, "बढी भएको दूध बेच्न डेरी पुऱ्यायो, बिक्री नभएर भोली फिर्ता हुन्छ भन्छन्, कसरी पाल्ने? " गाई-गोरु किनबेच गर्ने हस्तबहादुर दर्जीका अनुसार गाउँघरमा गोरु पाल्ने चलन नै धेरै कम भइसक्यो।                                    

श्रीलङ्कामा पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घलाई विदेश भ्रमणका बेला सरकारी कोषको दुरुपयोग गरेको आरोपको अनुसन्धानका क्रममा पक्राउ गरिएको छ।

Image
                         श्रीलङ्कामा पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घलाई विदेश भ्रमणका बेला सरकारी कोषको दुरुपयोग गरेको आरोपको अनुसन्धानका क्रममा पक्राउ गरिएको छ। उनी राष्ट्रपति भएकै बखत उनले सन् २०२३ मा ब्रिटेनको निजी भ्रमण गरेका थिए। त्यसै विषयमा उनलाई शुक्रवार हिरासतमा लिइएको छ।https://www.profitableratecpm.com/ei49cb2a6w?key=caf0a3759f80c0e417257c741a8dd7a2अमेरिका र क्युबाको आधिकारिक भ्रमणपछि स्वदेश फर्कने क्रममा उनी र उनकी पत्नी केही दिन ब्रिटेनमा बसेका थिए। उनीमाथि व्यक्तिगत काममा सरकारी कोष प्रयोग गरेको आरोप लागेको थियो। विक्रमसिङ्घले कुनै गल्ती नगरेको बताएका छन्। ब्रिटेनमा रोकिँदा पनि कैयौँ आधिकारिक बैठकमा सहभागी भएको उनले बताए। वर्तमान सरकारले चलाएको भ्रष्टाचारविरोधी अभियानअन्तर्गत पक्राउ परेका उनी सबैभन्दा वरिष्ठ अधिकारी हुन् । विक्रमसिङ्घ सन् २०२२ देखि २०२४ सम्म श्रील‌ङ्काका राष्ट्रपति थिए। श्रीलङ्कामा चरम आर्थिक सङ्कट उत्पन्न भएपछि भएको आन्दोलनपछि गोटाबय राजपक्ष देश छोडेर भागेपछि तात्कालिक प्रधानमन्त्री विक्...

यसै साता भारत र चीनका विदेशमन्त्रीबीच नयाँ दिल्लीमा भएको वार्तापछि लिपुलेक पास हुँदै

Image
              भारत र चीनले लिपुलेक नाकाबाट व्यापार पुन: सञ्चालन गर्न गरेको सहमतिप्रति सरकारले उच्च तहमा नै दुवै छिमेकीसँग प्रतिवाद गर्नुपर्ने धारणा चर्को रूपमा संसद्‌मा उठिरहँदा नेपाल मामिलाका एक चिनियाँ विज्ञले पछिल्लो समझदारीले यथास्थितिमा केही पनि परिवर्तन नगरेको बीबीसीलाई बताएका छन्। नेपालको संसद्‌मा भारत र चीनबीचको समझदारीलाई लिएर सरकारसँग सांसदहरूले जवाफ माग गरिरहँदा ती चिनियाँ विज्ञले कालापानी क्षेत्रको सीमा विवाद भारत र नेपालले हल गर्नुपर्ने धारणा राखेका छन्। यसै साता भारत र चीनका विदेशमन्त्रीबीच नयाँ दिल्लीमा भएको वार्तापछि लिपुलेक पास हुँदै व्यापार पुन:https://www.profitableratecpm.com/ei49cb2a6w?key=caf0a3759f80c0e417257c741a8dd7a2 सुरु गर्ने सहमति भएपछि बुधवार नेपालको परराष्ट्र मन्त्रालयले लिपुलेक आफ्नो भूभाग भएको भन्दै त्यहाँबाट सीमा व्यापारजस्ता कुनै पनि काम नगर्न विगतमा भारत सरकारलाई ध्यानाकर्षण गराएको बताएको थियो।