गोदाममा मल हुँदा पनि सहकारीले किसानलाई मल नदिएकोले सकारीको ताला तोड्न बाध्य

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ स्थित विराट कृषि सहकारी संस्था लि. मल खाद भण्डारण तथा वितरण केन्द्रमा रहेको मल किसानलाई नदिइएपछि गोदाममा ताला फुटाएर मल वितरण गरिएको छ ।  गोदाममा मल हुँदा पनि सहकारीले किसानलाई मल नदिएको गाउँपालिकामा गुनासो आएपछि अध्यक्ष विद्या यादव स्वयं पुगेर सहकारीको ताला फोडेर मल वितरण गरेका हुन् । अध्यक्ष यादवले गाउँपालिकामा आएको मल प्रत्येक किसानलाई एक/एक बोरा दिने निर्णय पालिकाले गरेको बताउँदै सोअनुसार मल वितरण नभयपछि सकारीको ताला तोड्न बढ्यत भएको बताए 'किसान समयमा मल नपाउँदा निकै मर्कामा परेका छन् । विराट सहकारीमा एक हप्ता अघि मल आए पनि किसानलाई वितरण नगरिएपछि बाध्य भएर सहकारीको गोदाम फोडर निरीक्षण गर्दा त्यहाँ रहेका २८४ बोरा युरिया मल वितरण गरिएको हो', उनले भने स्थानीय किसान, सरोकारवाला निकाय, पालिकाका पदाधिकारी, कर्मचारी, लगायतको रोहबरमा ताला तोडेर मला गरिएको अध्यक्ष यादवले बताए ।।  सोमबार गाउँपालिकाको कार्यालय पुगेका स्थानीयले सहकारीका सञ्चालक सम्पर्कविहीन भएको र फोन सम्पर्क गर्दा पनि सन्तोषजनक जवाफ नदिइ मल दिन आलटाल गरिरहेको गुनासो गरेका थिए ।
     

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर