राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर
कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू प्रधानमन्त्री बन्ने निर्णय पूर्ण रूपमा आकस्मिक परिस्थितिबाट आएको खुलासा गरेकी छिन् । शुक्रबार सम्पादकहरूसँग भेटमा बोल्दै उनले भनिन्, “म त प्रधानमन्त्री हुन तयारै थिइनँ। मेरो बुढो र मेरो लन्डन जाने टिकट थियो ४ असोजको।” उनका अनुसार, जेनजी आन्दोलनका क्रममा आफन्त घाइते भएको खबर पाएपछि उनी सिभिल अस्पताल पुगेकी थिइन् । त्यहाँ आन्दोलनका क्रममा गोली खाएका युवाहरूको अवस्था देख्दा उनी निकै आक्रोशित भइन् । “एउटा केटाले रुँदै भन्यो, ‘साथीसँग अँगालो मार्दै आन्दोलनमा गएको थिएँ, ऊ मेरो अगाडि गोली खायो।’ त्यो दृश्यले मभित्रको आमा जाग्यो,” उनले सम्झिइन् । त्यस दिन अस्पतालमै पत्रकारसँग कुरा गर्दा उनले तत्कालीन सरकारविरुद्ध कडा वक्तव्य दिइन्, जसपछि उनको नाम **‘जेनजीकी आमा’**का रूपमा फैलियो । कार्कीका अनुसार, त्यसपछि नै उनलाई प्रधानमन्त्री बनाउन खोज्ने पहल सुरु भयो । “शीतल निवासमा बोलाइयो, राष्ट्रपति रामचन्द्र...