जेनजी आन्दोलनका क्रममा तोडफोड र लुटपाटमा संलग्न थप १५ जना पक्राउ

                                


कात्तिक, काठमाडौं । गत महिना देशभर भएका जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूमा भएको आगजनी, तोडफोड, चोरी र लुटपाटमा संलग्न १५ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।


जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती व्यक्तिहरूलाई हतियार र विभिन्न आपराधिक गतिविधिमा प्रयोग भएका सामग्रीसहित पक्राउ गरिएको हो ।


पक्राउ पर्नेहरूमा देशका विभिन्न जिल्लाका युवा रहेका छन् —


महोत्तरीको बर्दिबास–५ का २५ वर्षीय सुन वाइवा,


दोलखाको मेलुङ गाउँपालिकाका २४ वर्षीय युवराज भण्डारी,


कञ्चनपुरको भिमदत्त नगरपालिका–६ का २५ वर्षीय अनिल बुढा,


गोरखाको आजिरकोट गाउँपालिका–५ का २१ वर्षीय निखिल भुजेल,


भारतको राजस्थान, जयपुरका २४ वर्षीय सोयव खान,


कञ्चनपुरको हेन्द्रनगर औठपुरका २० वर्षीय विकाश आग्री,


दोलखाको शैलुङ गाउँपालिका–८ का २१ वर्षीय तिर्थमान तामाङ,


मकवानपुरको बकैया गाउँपालिका–१ का २७ वर्षीय राजेश तामाङ,


काठमाडौंको नागार्जुन नगरपालिका–८ का ३२ वर्षीय मोहन तामाङ,


नुवाकोटको ककनी गाउँपालिका–१ का ३१ वर्षीय सुवाष तामाङ,


सिन्धुलीको सुनकोसी गाउँपालिका–१ का २५ वर्षीय सुचेन तामाङ,


काभ्रेको धुलिखेल नगरपालिका–११ का ४१ वर्षीय सुवाष गोतामे,


कञ्चनपुरको बेलौरी नगरपालिका–१ का २७ वर्षीय भुवन शाही,


सिन्धुपाल्चोकको इर्खु गाउँपालिका–१ का २९ वर्षीय सविन राई,


र महोत्तरीको लोहरपट्टी गाउँपालिका–७ का २४ वर्षीय गोविन्द कुमार ठाकुर रहेका छन् ।


एसपी भट्टराईका अनुसार, पक्राउ परेकाहरूलाई हाल जिल्ला प्रहरी परिसरमा राखी थप अनुसन्धान भइरहेको छ । प्रहरीले उनीहरूको संलग्नता प्रमाणसहित अभियोग दर्ता गर्ने तयारी गरेको बताइएको छ ।


प्रहरीका अनुसार, जेनजी आन्दोलनका क्रममा राजधानीसहित देशका विभिन्न स्थानमा सरकारी सम्पत्ति तोडफोड र आगजनी भएका थिए । यसअघि पनि यस प्रकरणमा दर्जनौं व्यक्तिहरू पक्राउ परिसकेका छन्, भने केही अझै फरार रहेका छन् ।

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर