रवि लामिछानेलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश, मेयर बालेन्द्र साहमाथि..
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका अभियन्ता निकोलस भुसाल निराश फर्किएका छन्। उनले रविसँग भेट्ने अनुमति नपाएपछि सरकारसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति आक्रोश पोखेका छन्। “अघिल्लो सरकारले भन्दा अहिले दमन बढी” भुसालले आफूले यसअघि भैरहवा र पोखरामा पनि रविलाई भेटेको अनुभव सुनाउँदै अहिले भेट्न नपाउनु अत्याचार भएको दाबी गरे। उनले भने, “पार्टीका सिनियर नेता र परिवारका सदस्यले पनि भेट्न पाएका रहेनछन्। दशैंमा पनि परिवारको एक जनालाई मात्र भेट्न दिने रे। अघिल्लो सरकारले भन्दा पनि अहिले दमन अहिलेको सरकारले गरिरहेको छ।” मेयर साहमाथि आरोप भुसालले कारागारमा भेट्न नपाएको दोष मेयर बालेन्द्र साहलाई लगाएका छन्। उनका अनुसार, बालेन साहले आफूभन्दा लोकप्रिय नेताहरू बाहिर आए आफू कमजोर हुने डरले यस्तो दमन भइरहेको छ। उनले आरोप लगाउँदै भने, “रवि, हर्क, निकोलस, दुर्गा बाहिर आए भने म कम हुन्छु भन्ने डर उसलाई छ। म बाहेक कोही छैन र यिनीहरू सबैलाई पन्छाउँछु भन्ने सोचेको छ।” विदेशी हस्तक्षेपक...