पार्टीपंक्तिलाई प्रचण्डको निर्देशन- जनयुद्धजस्तै नयाँ आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू
प्रचण्ड : पार्टीपंक्तिलाई प्रचण्डको निर्देशन- जनयुद्धजस्तै नयाँ आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिबाट हासिल भएका उपलब्धिहरूमाथि प्रहार हुन खोजिरहेको भन्दै नयाँ आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन्।
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रतिगमन रोक्न महिलाको सक्रियता संसद्, सरकार र सडकमा जरुरी रहेको उल्लेख गरे।
प्रचण्डका अनुसार संविधानमाथि समेत घात हुने खतरा बढ्दै गएको छ भने अस्थिरता, अराजकता र भ्रष्टाचार संस्थागत बन्दै गएको छ। उनले समाजवाद र महिलामाथिको विभेद अन्त्य गर्न नयाँ आन्दोलन अपरिहार्य रहेको बताए।
Redirecting... Please wait.

Comments
Post a Comment