दुर्गा प्रसाईंको मागः राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्न
"दुर्गा प्रसाईंको ठूलो दाबी: संविधान निलम्बन गरेर सेनाले लिनुपर्छ देशको जिम्मेवारी!"
काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले देश जोगाउने जिम्मेवारी अब नेपाली सेनाको काँधमा आएको दाबी गरेका छन् ।
उनले राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । प्रसाईंका अनुसार यही संविधानलाई जोगाएर जेन-जी आन्दोलनको औचित्य नरहेको र पुरानो व्यवस्थामार्फत नयाँ परिवर्तन सम्भव नहुने प्रष्ट देखिएको छ।
फेसबुकमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उनले प्रश्न उठाए —
"संविधान यही? संसद यही? राष्ट्रपति यही? व्यवस्था यही? यदि सबै यही हो भने आन्दोलन किन गरियो? ती कलिला बच्चाको हत्या किन भयो? ५० खर्वभन्दा बढीको सम्पत्ति किन नष्ट भयो?"
उनले संसारभरिका सफल आन्दोलनहरूले कहिल्यै पुरानो संविधानलाई मान्यता नदिएको उदाहरण प्रस्तुत गर्दै नयाँ संविधानमार्फत मात्र नयाँ व्यवस्था जन्मिने बताए।
प्रसाईं भन्छन् —
"राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्न सक्नुपर्छ। नत्र हाम्रो पुस्ता सरापिनेछ, र अन्ततः हामीलाई यो देशमै बसाइ नहुने दिन आउन सक्छ।"
यसैबीच, उनले हिजो दिनभर प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगी अड्डामा वार्ता गरेको स्रोतले जनाएको छ।
Redirecting... Please wait.

Comments
Post a Comment