काठमाडौंमा २० हजार विद्यार्थीलाई छात्रवृत्ति, बालेनले गरे ऐतिहासिक घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिकामा यस वर्ष २० हजारभन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएका छन् । यो संख्या अहिलेसम्मकै उच्च भएको महानगर प्रमुख बालेन्द्र साह (बालेन) ले जानकारी दिएका छन्।
महानगरअन्तर्गतका संस्थागत विद्यालयहरुले विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने प्रावधानलाई कार्यान्वयन गर्दा कुल २०,२८२ विद्यार्थीले सवा दुई अर्ब रुपैयाँबराबरको छात्रवृत्ति पाएका हुन्।
तीन वर्षमा यस्तो प्रगति
पहिलो वर्ष – १३,००० विद्यार्थी
दोश्रो वर्ष – १९,००० विद्यार्थी
तेस्रो वर्ष (२०८२) – कक्षा १ देखि १० सम्म १६,९८० र कक्षा ११ मा ३,३०२ गरी जम्मा २०,२८२ विद्यार्थी
यससँगै बालेनले कार्यान्वयनलाई निरन्तरता दिन विद्यालयलाई कडाइ गर्ने चेतावनीसमेत दिएका छन्।
विद्यालयलाई बालेनको कडा सन्देश
बालेनका अनुसार, अहिलेसम्म ४४० विद्यालयले छात्रवृत्तिको विवरण बुझाइसकेका छन्। तर, केही विद्यालयले अझै विवरण पेस गरेका छैनन्।
उनी भन्छन्–
👉 "विवरण पेस नगर्ने विद्यालयलाई बन्द विद्यालयको रूपमा बुझी, शिक्षा ऐन, २०७५ अनुसार अनुमति वा स्वीकृति रद्द गरिनेछ।"
महानगरले प्राप्त विवरणको अनुगमन गर्ने र वास्तविकता फरक परे कानुनअनुसार कडा कारबाही हुने चेतावनीसमेत उनले दिएका छन्।
कानुन कार्यान्वयनको महत्व
बालेनले सामाजिक सञ्जालमार्फत लेखेका छन्:
"कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ।"
यसअघि कागजमा मात्र सीमित प्रावधानलाई यसरी कार्यान्वयनमा ल्याइएको यो कदमले हजारौं अभिभावक र विद्यार्थीलाई राहत मिलेको छ।
Redirecting... Please wait.

Comments
Post a Comment