सिंहदरबारको सत्ता फेरिएसँगै पुराना राजनीतिक दलभित्र नेतृत्व फेर्नुपर्ने आवाज उठ्न थालेको छ

                 

सिंहदरबारको सत्ता फेरिएसँगै राजनीतिक दलका पुराना नेतृत्व फेरिएलान्:-

गत साता भएको दुई दिनको ऐतिहासिक आन्दोलनले सिंहदरबारको दुई तिहाइ बहुमतमा बनेको सत्ता मात्र बदलिएको छैन, पुराना राजनीतिक दलका नेताहरूको भविष्य पनि प्रश्नचिन्हमा पारेको छ।


भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताको मागसहित नवयुवाहरूको अगुवाइमा भएको आन्दोलनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रदेखि मधेश केन्द्रित दलसम्मका शीर्ष नेताहरूलाई सडक र सामाजिक सञ्जाल दुवैतिर कठघरामा उभ्याइदिएको छ।


भदौ २३ र २४ मा भएको प्रदर्शनमा पार्टी कार्यालयदेखि निजी सम्पत्तिसम्म आक्रमण हुँदा पुराना दलभित्र नै नेतृत्व फेर्नुपर्ने आवाज बलियो रूपमा उठ्न थालेको छ। पार्टीभित्र पहिले नै असन्तुष्ट रहेका नेताहरू अहिले खुलेरै नेतृत्व हस्तान्तरण र संरचनागत सुधारको माग गर्दै सार्वजनिक बक्तव्य दिइरहेका छन्।


यसैबीच, प्रहरीको भनाइअनुसार, आन्दोलनको दमनसम्बन्धी छानबिनमा ‘२५ हजारभन्दा बढी प्रमाण’ फेला परिसकेको छ र यसले ‘उच्च तहसम्म’ मुद्दा पुग्न सक्ने संकेत दिएको छ। विश्लेषकहरूको भनाइमा, जनताको आक्रोशले पुराना नेताका अनुहार जनताले अस्वीकार गरिसकेका छन् र यही कारण आगामी फागुनमा हुने निर्वाचन अघि नै कतिपय दलमा नेतृत्व हस्तान्तरण हुन सक्ने सम्भावना छ

Redirecting... Please wait.


👉 यो आन्दोलनले देखाएको नयाँ यथार्थ: जनता परिवर्तन चाहन्छन्, नेताहरू बदलिन तयार छन्

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर