रविलाई कारागार राखिने, थप सुरक्षाका लागि सशस्त्रलाई पत्राचार गर्दै प्रहरी

रवि लामिछाने पुनः नख्खु कारागारमा, थप सुरक्षा व्यवस्था माग काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अन्ततः नख्खु कारागारमै राखिने भएको छ । पाँच दिनअघि मात्र कारागारबाट बाहिरिएका उनी आज साँझ आफैं फर्किएर कारागार पुगेका हुन्। स्रोतका अनुसार लामिछानेले आफ्नो तथा परिवारको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै कारागारभित्र आवश्यक सुरक्षा प्रत्याभूति दिन माग गरेका छन्। सुरुवाती चरणमा कारागार प्रशासनले केही हिच्किचाहट देखाए पनि अहिले सशस्त्र प्रहरीले थप सुरक्षा व्यवस्था मिलाउने तयारी गरेको बताइएको छ। ललितपुर प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले पनि लामिछानेको मागबारे कारागार सुरक्षामा तैनाथ सशस्त्र प्रहरीलाई पत्रमार्फत ध्यानाकर्षण गराइसकेका छन्। उनले भने, “आइसकेपछि फर्काउने कुरा हुँदैन, उहाँको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिन्छ।” यस क्रममा रवि लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, कार्यवाहक सभापति डीपी अर्याललगायतका नेताहरू पनि कारागार प्रशासनसँग निरन्तर संवादमा रहेका छन्। यता, हालको संवेदनशील परिस्थितिमा अन्य कैदीहरू पनि धमाधम कारागार फर्किरहेका छन्। नख्खु कारागार सशस्त्र प्रहरीको विशेष निगरानीमा राखिएको छ।

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर