✈️ नेपालबाट दुबई जान रोकिने भयो! यूएई किन रोक्दैछ भिसा?
नेपालमा भदौ २३ र २४ गतेको आन्दोलनपछि राजनीतिक उथलपुथल मात्र होइन, श्रम र रोजगारीमा पनि ठूलो असर परेको छ। आन्दोलनका क्रममा ११ हजारभन्दा बढी कैदी जेलबाट भागेपछि दुबई (युएई) ले नेपालीलाई कामदार र भिजिट भिसा दिन रोकेको खबर आएको छ।
हाल मेनपावरमार्फत पठाइएका कामदार भिसा रिजेक्ट भइरहेका छन् भने ट्राभल एजेन्सीमार्फत भिजिट भिसा पनि लागिरहेको छैन। आधिकारिक सूचना भने दुबईले सार्वजनिक गरेको छैन।
करिब ६ लाख नेपाली दुबईमा काम गरिरहेका छन् र हरेक वर्ष १.५ लाखभन्दा बढी नयाँ कामदार जाने गर्छन्। भिसा रोकिँदा नेपालमा बेरोजगारी थप वृद्धि हुने र रेमिट्यान्स घट्ने आशंका श्रम विज्ञहरुले व्यक्त गरेका छन्।
सरकारलाई तुरुन्तै पहल गरेर भिसा खुलाउनुपर्ने माग चुलिएको छ।
Redirecting... Please wait.

Comments
Post a Comment