मौजमस्ती, युवति जिस्काउने जस्ता कार्यको लागि खास एक गाउँबाट अर्को गाउँमा जाने।

धनुषा — झिझिया नाच हेर्न जाँदै गरेका तीन युवकसहितको मोटरसाईकल दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । गएराति करिब १०:३० बजे धनुषाको कमला नगरपालिका–२ माचि र वडा नं. ३ लगमाबीच रहेको खोक्साहा पुल नजिक दुर्घटना भएको हो । भारतीय नम्बर प्लेट BR 32A 87988 भएको हिरो स्पेलेण्डर मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको ज्यान गएको र एकजना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घटनामा परेका मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका–५ बनरझुला बस्ने १८ वर्षीय अमित यादव, पिता विक्रम यादव र सोही स्थानका १६ वर्षीय कुश मिश्र, पिता देव मिश्र रहेका छन् । घाइते हुनेमा डोमा महतोका १७ वर्षीय छोरा राहुल महतो रहेका छन् । उनलाई जनकपुर प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ । प्रहरीको भनाइ प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन गरी ओभर स्पीडमा सवारी चलाउँदा मोटरसाईकल घुमाउरो सडकमा अनियन्त्रित बनेर दुर्घटना भएको हो । मृतकहरुको शवलाई पोष्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको र पछि परिवारलाई जिम्मा लगाइने जनाएको छ । झिझिया नाचसँगै बढ्दो दुर्घटना दशैंताका विभिन्न गाउँमा आयोजना हुने झिझिया वा अोर्केष्ट्रा प्रकारका कार्यक्रम हेर्नका लागि युवाहरु टोल–टोलबाट राति अबेर मोटरसाईकलमा जाँदै आएका हुन्छन् । रमाइलो, जिस्क्याउने, मादक पदार्थ सेवन र लापरबाहीका कारण हरेक वर्ष यसरी दुर्घटनामा ज्यान जाने घटनाहरू बढिरहेका छन् । यसलाई स्थानीयले सामाजिक विकृति र जोखिमपूर्ण प्रवृत्तिको रूपमा लिने गरेका छन्

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर