ओलीदेखि लेखकसम्म: जेनजी आन्दोलन प्रकरणमा ५ जनाको पासपोर्ट रोक्का

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का गरेको छ । आयोगले उनीहरूलाई अनुसन्धान पूरा नहुँदासम्म विदेश जान रोक लगाएको मात्र नभई अनुमति बिना काठमाडौं बाहिर जान समेत प्रतिबन्ध लगाएको छ। कस–कसको पासपोर्ट रोक्का? आयोगले रोक्का आदेश जारी गरेका व्यक्तिहरू: तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन गृहमन्त्री रमेश लेखक गृहसचिव गोकर्णमणि दुवाडी राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल आन्दोलनमा १९ जनाको ज्यान जेनजी आन्दोलनलाई नियन्त्रण गर्ने क्रममा सरकारी दमन चरममा पुगेको थियो। आयोगका अनुसार, भदौ २३ गते मात्रै १९ जनाले ज्यान गुमाएका थिए। प्रहरीद्वारा भएको गोली प्रहारपछि परिस्थिति झन् चर्किएको थियो। ओलीको बचाउ र विवाद तत्कालीन प्रधानमन्त्री ओलीले आफूले गोली चलाउन आदेश नदिएको दाबी गर्दै आएका छन्। उनले आन्दोलनको दिन प्रयोग गरिएका स्वचालित हतियार समेत प्रहरीसँग नभएको भन्दै “गोली कहाँबाट चलेको हो भन्ने विषय अझै अस्पष्ट छ” भनेका थिए। तर, आयोगका प्रारम्भिक निष्कर्षअनुसार तत्कालीन गृहमन्त्री लेखकको निर्देशनमा सीडीओ छवि रिजालले बल प्रयोग गरेर संसद भवन जोगाउन आदेश दिएका थिए। सोही आदेशको सिलसिलामा प्रहरीको गोलीप्रयोग हुँदा १९ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। दबाब बढ्दै ओलीले निरन्तर आफू निर्दोष भएको जिकिर गरे पनि आन्दोलनपछिका घटनाले उनलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने चौतर्फी दबाब बढेको छ। आयोगले अब सबै प्रतिवादीलाई बयान र प्रमाणसहित छानबिन प्रक्रिया अघि बढाउने तयारी गरेको बताएको छ।

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर