निष्क्रियबाट सक्रिय: सरकारले दियो हाम्रो पात्रोलाई अनुमति
हाम्रो पात्रो फेरि सक्रिय : अब सामाजिक सञ्जाल सञ्चालनको अनुमति
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै सूचीकृत भइसकेको हाम्रो पात्रोलाई पुनः सक्रिय गराउन निर्देशन दिएको हो।
यसअघि सूचीकरण नभएको भन्दै सरकारले हाम्रो पात्रोलाई अस्थायी रूपमा निष्क्रिय गरेको थियो। तर स्मार्ट आइडियाज प्रालीले सञ्चालन गर्ने यस एपले सूचीकृत भई कानुनी मान्यता पाएपछि पुनः प्रयोगमा आउने बाटो खुलेको छ।
अब प्रयोगकर्ताहरूले हाम्रो पात्रोमार्फत पहिलेजस्तै सेवा लिन पाउने भएका छन्, जसले नेपाली डिजिटल प्लेटफर्मलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
👉 छोटकरीमा :
हाम्रो पात्रोलाई सरकारद्वारा सूचीकरण
निष्क्रिय भएको सेवा फेरि सक्रिय
प्रयोगकर्ताले निरन्तर सुविधा पाउने

Comments
Post a Comment