दुर्गा प्रसाईंको खुलासा: जेनजी आन्दोलनमा आफू संलग्न नभएको दाबी, तोडफोड र आगजनीप्रति दुःख
काठमाडौं । चर्चित व्यवसायी दुर्गा प्रसाईंले हालै भएको जेनजी आन्दोलनमा आफू प्रत्यक्ष संलग्न नभएको दाबी गरेका छन् । उनले आन्दोलनको क्रममा भएका तोडफोड, आगजनी र लुटपाटप्रति गहिरो दुःख व्यक्त गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी त्यसलाई आयोजक वा उक्साउने व्यक्तिले लिनुपर्ने बताएका छन् ।
प्रसाईंले आज साँझ ७ मिनेट ११ सेकेण्ड लामो भिडियो सन्देश जारी गर्दै सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनदेखि व्यापारीका घर र भाटभटेनीमा भएको आगजनी र तोडफोडको आलोचना गरे ।
बालेनको आग्रहपछि आन्दोलनमा नगएको दाबी
उनले आफू र आफ्ना कार्यकर्ता आन्दोलनमा नगएको स्पष्ट पार्दै भने,
"म चाहिँ यो कार्यक्रममा संलग्न छैन पनि । किनभने बालेनजीले नआउनू भनेर स्टाटस नै लेख्नुभएको थियो ।"
पश्चिमाको प्रभावको आरोप
भिडिओ सन्देशमा प्रसाईंले नेपालमा पश्चिमाहरूको प्रभाव बढ्दै गएको चेतावनीसमेत दिए । उनले हालको आन्दोलनलाई पश्चिमी मुलुकहरूको “ठूलो डिजाइन” अन्तर्गत देश कब्जा गर्ने रणनीतिको हिस्सा भएको दाबी गरे ।
निःशुल्क उपचारको व्यवस्था
आन्दोलनमा घाइते भएका १५० जनाको उपचार आफूले सञ्चालन गर्ने बीएनसी हस्पिटलमा निःशुल्क गरिएको उनले जानकारी दिए ।
हालसम्म १५ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई पनि बिना पैसा आईसीयूमा उपचार गरिरहेको प्रसाईंको भनाइ छ ।
२०२८ सालदेखि सुरु भएको राजनीतिक यात्रा स्मरण
प्रसाईंले बुद्धिजीवीहरूलाई सम्बोधन गर्दै २०२८ सालदेखि अहिलेसम्मका राजनीतिक घटनाक्रमलाई पुनः स्मरण गर्नुपर्ने आवश्यकता औंल्याए ।
Redirecting... Please wait.

Comments
Post a Comment