बालेनको प्रस्तावः सुशीला कार्कीको नेतृत्वमा चुनावी अन्तरिम सरकार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलाई अन्तरिम सरकार गठन गर्न र संसद विघटन गर्न सुझाव दिएका छन् । जेन-जीले ल्याएको क्रान्तिलाई संरक्षण गर्न अविलम्ब अन्तरिम सरकार गठन र संसद्‌को विघटनको सुझाव दिएका हुन् । 'देश अन्तरिम सरकारमा जाँदै छ, जसले देशमा नयाँ चुनाव गराउनेछ। यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने, देशलाई नयाँ जनादेश दिने हो' उनले लेखेका छन् । अन्तरिम र चुनावी सरकारको नेतृत्व गर्नका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीप्रति समर्थन समेत उनले जनाएका छन् । तपाईंहरूको जोश, तपाईंहरूको सोच, तपाईंहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला' उनले सामाजिक  सञ्जालमा लेखेका छन्।

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर