मजदुर अगुवा गौतम मजदुरकै निम्ति लड्दा लड्दै अस्ताए

कात्तिक, बुटवल । विद्युत् महसुल बक्यौता नतिरेको भन्दै उद्योगहरूको बिजुली लाइन काटिएपछि प्रभावित मजदुरहरूको पक्षमा आयोजित कार्यक्रममा बोल्दै गर्दा मजदुर नेता कमल गौतमको आकस्मिक निधन भएको छ । ६४ वर्षीय गौतम बुटवलमा आयोजित विरोध प्रदर्शनमा सम्बोधनका क्रममा ढलेका थिए । उनलाई तुरुन्तै मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रारम्भिक अनुमान अनुसार उनलाई हृदयाघात भएको बताइएको छ । गौतमले कार्यक्रममा भनिरहेका थिए, “सरकारको कदमले २५ हजार मजदुरको रोजीरोटी खोसिँदैछ,” त्यति भन्नासाथ उनी लडिरहेका थिए । तीन दशकदेखि मजदुर आन्दोलनमा सक्रिय गौतमले २०४० सालमा संयुक्त वाम मोर्चाबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । उनले जिफन्ट, रिक्सा युनियन अध्यक्ष, एमाले लुम्बिनी अञ्चल सदस्य, र पार्टी केन्द्रीय सदस्य हुँदै मजदुर अधिकारको लडाइँमा लामो समय बिताएका थिए । उनको निधनप्रति नेकपा (एमाले) रुपन्देही अध्यक्ष यज्ञ गैरेले गहिरो दु:ख व्यक्त गर्दै भने, “मजदुर वर्गको हक अधिकारका लागि जीवनभर लड्ने योद्धाको निधनले सम्पूर्ण श्रमिक समुदाय मर्माहत भएको छ।” स्व. गौतमका श्रीमती र दुई छोरा छन्

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर