भारतमा उत्पादन भएको खोकीको झोल औषधि (कफ सिरप) सेवनबाट बालबालिकाको मृत्यु...
२१ असोज, काठमाडौं ।
भारतमा उत्पादन भएको ‘कोल्ड्रिफ कफ सिरप’ सेवनपछि १४ बालबालिकाको मृत्यु भएको घटनापछि नेपालले उच्च सतर्कता अपनाएको छ।
औषधि व्यवस्था विभागले मङ्गलबार सूचना जारी गर्दै औषधि आयातकर्ता, स्वास्थ्यकर्मी, फार्मासिस्ट र आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ।
भारतीय कम्पनी सेसन फार्मा द्वारा निर्मित उक्त सिरपमा डाइएथलिन ग्लाइकोल र एथलिन ग्लाइकोल जस्ता विषाक्त रसायन भेटिएका छन्, जसले मिर्गौला र स्नायु प्रणालीमा गम्भीर असर पार्ने बताइन्छ।
नेपालमा सो औषधि दर्ता नभएको विभागले जनाएको छ, तर यस्ता खालका कफ सिरप आयात वा बिक्री अघि प्रत्येक ब्याचको परीक्षण गर्नुपर्ने चेतावनी दिएको छ।
विभागले चिकित्सक र अभिभावकहरूलाई बालबालिकालाई जथाभावी कफ सिरप नखुवाउन र चिकित्सकको सिफारिसबिना औषधि नकिन्न आग्रह गरेको छ।
"थोरै मात्रामा पनि यस्तो रसायन सेवन हुँदा घातक हुनसक्छ," विभागले जनाएको छ।
यसअघि पनि २०२२ मा भारतमा निर्मित दूषित सिरपका कारण उज्वेकिस्तान र द गाम्बियामा सयभन्दा बढी बालबालिकाको मृत्यु भएको थियो।
https://www.revenuecpmgate.com/ei49cb2a6w?key=caf0a3759f80c0e417257c741a8dd7a2

Comments
Post a Comment