जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख रुपैयाँ भैपरी खर्च, मृतकका ५३ परिवारलाई पठाइयो राहत

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि सरकारले पहिलो चरणमा ४८ लाख ५८ हजार रुपैयाँ राहत रकम निकासा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले भैपरी खर्चवापत वितरण गर्न यो रकम पठाइएको हो। 🔹 राहत पाउने जिल्ला गृह मन्त्रालयका अनुसार पहिलो चरणमा रकम झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरा जिल्लामा पठाइएको छ। 🔹 घाइतेहरूको विवरण स्वास्थ्य मन्त्रालयले हालसम्म २,४२९ जना घाइतेको विवरण गृह मन्त्रालयमा उपलब्ध गराएको छ। त्यस्तै, घाइतेहरूको परिचयपत्र वितरणका लागि गृहले २,८७६ वटा परिचयपत्र जिल्ला प्रशासन कार्यालयहरूमा पठाएको र ३८ वटा अस्पतालमार्फत वितरण गरिएको जनाएको छ। 🔹 सरकारले बनाएको व्यवस्था मन्त्रिपरिषद्को असोज १२ गतेको निर्णयअनुसार, घाइतेहरूको वर्गीकरण गरी दीर्घकालीन राहत र पुनःउपचारको व्यवस्था गर्ने निर्णय गरिएको थियो। यसका लागि स्वास्थ्य मन्त्रालयमा प्राविधिक समिति गठन हुँदैछ, जहाँ घाइतेका प्रतिनिधि समेत सहभागी हुने व्यवस्था मिलाइनेछ। स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार र निरन्तर पुनःउपचारका लागि हटलाइन सेवा र सम्पर्क व्यक्ति तोकेको जनाएको छ। 🔹 मृत्यु र क्षतिको तथ्यांक प्रधानमन्त्री सुशीला कार्कीका अनुसार, जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको छ, जसमा ३ जना नेपाल प्रहरी, ५३ जना नागरिक पहिचान भएका र १२ जनाको पहिचान अझै खुलेको छैन। त्यसैगरी, कारागार तोडफोडका क्रममा सुरक्षाकर्मीको गोलीबाट १० जना कैदीको मृत्यु, र एक जना विदेशीको पनि ज्यान गएको छ। 🔹 थप जाँचबुझ सरकारले आन्दोलनमा भएको दमन, क्षति र मृत्युका घटनाको सत्य तथ्य पत्ता लगाउन पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा छानबिन आयोग गठन गरेको छ। अहिलेसम्म एक अर्बभन्दा बढी रकम उपचारमा खर्च भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर