सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान...

२७ असोज, काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीको चर्चित प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरू समेत अनुसन्धानको दायरामा परेका छन्। यसअघि यही प्रकरणमा माओवादी केन्द्रका अर्का उपाध्यक्ष पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका थिए। महरामाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा प्रहरी अनुसन्धान जारी छ। प्रहरी स्रोतका अनुसार पुनका परिवारसँग सम्बन्धित विगतका आर्थिक र सीमापार गतिविधिहरूको पुनः समीक्षा सुरु गरिएको छ। उनका जेठा छोरा जितेन्द्र पुनले दुई वर्षअघि शक्तिको दुरुपयोग गरी हुम्लाबासीको कागजात बनाएर चीनको ताक्लाकोट पुगेर चिनियाँ समूहसँग ‘चार किलो सुनको तमसुक गरेको’ उजुरी सार्वजनिक भएको थियो। त्यस प्रकरणपछि पुन परिवारको चिनियाँ पक्षसँग आर्थिक विवाद चर्किएको र अहिलेको सुन तस्करी प्रकरणसँग त्यसको सम्बन्ध हुनसक्ने प्रहरीको अनुमान छ। त्यस्तै, कान्छा छोरा दीपेश पुन पनि सुन तस्करी, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणसँग जोडिएको प्रारम्भिक सूचनामा प्रहरीको ध्यान गएको बताइएको छ। यसअघि पुनको सचिवालयमा ‘वैदेशिक मामिला विज्ञ’ का रूपमा कार्यरत जीवनकुमार गुरुङ २०८० साल फागुनमा सुन तस्करी प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका थिए। त्यस्तै, पुनकी आफन्त अमला रोका, जसले ठमेलको ‘होटल भियना’ सञ्चालन गर्दै आएकी थिइन्, असार महिनामा दुई लाख धरौटीमा रिहा भएकी थिइन्। प्रहरी अधिकारीका अनुसार, पुनका छोराहरू, आफन्त र सचिवालयका सदस्यहरूका आर्थिक र वैदेशिक गतिविधि अब प्रहरी निगरानीमा छन्। “पुन परिवार र चिनियाँ टोलीबीचको शंकास्पद सम्बन्धबारे गहिरो अनुसन्धान सुरु गरिएको छ,” प्रहरी स्रोतले भन्यो

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर