प्रधानमन्त्री सुशीला कार्कीको कडा चेतावनीः ‘सहकारी ठगी गर्नेहरूलाई कुनै हालतमा नछोड्ने...
काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगीका घटना रोक्न र पीडितहरूलाई न्याय दिलाउन सरकारले तत्काल कडा कदम चाल्ने प्रतिबद्धता जनाएकी छन्।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित छलफलमा उनले सहकारी पीडितहरूको समस्या समाधानका लागि नैतिक, कानुनी र प्रशासनिक सबै माध्यम प्रयोग गरिने स्पष्ट संकेत दिइन्।
छलफलमा सहकारी मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, संकटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका अधिकारी तथा सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका प्रतिनिधिहरू सहभागी थिए।
🔹 “ठगेर हिँड्नेहरूलाई सुनको घडी लगाएर हिँड्न नदिनुहोस्”
प्रधानमन्त्री कार्कीले छलफलमा बोल्दै भनिन् —
“ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन। यिनीहरू सुनका घडी लगाएर हिँड्छन्, महँगा गाडी चढ्छन्, नक्कली डिभोर्स गरेर सम्पत्ति लुकाउँछन्। यस्ता व्यक्तिहरूलाई छाड्न मिल्दैन। बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौं।”
उनले ठगी पीडितहरूलाई न्याय दिलाउन ढिलाइ गर्नु अस्वीकार्य भएको बताउँदै तुरुन्त कार्यान्वयनमा जोड दिइन्।
🔹 “यो सरकार भ्रष्टाचार र ठगीविरुद्धको लडाइँका लागि आएको हो”
प्रधानमन्त्री कार्कीका अनुसार यो सरकारको प्राथमिक तीन उद्देश्य छन् —
चुनाव सम्पन्न गर्नु,
भ्रष्टाचारमा कडा कारबाही गर्नु,
सहकारी पीडितहरूको समस्या समाधान गर्नु।
उनले भनिन् —
“अहिले नै गर्नुपर्छ, हामीले नै गर्नुपर्छ। यही सरकारले गर्छ। पीडित सडकमा रुँदै हिँड्ने र ठग सुकिलो मुकिलो भएर रमाउने अवस्था अब हुँदैन।”
🔹 “घरजग्गा लिलाम गरेर भए पनि पीडितको पैसा फिर्ता गरौं”
प्रधानमन्त्री कार्कीले सहकारी ठगीमा संलग्न व्यक्तिहरूको सम्पत्ति पहिचान गरी घरजग्गा लिलाम गरेर भए पनि बचतकर्तालाई रकम फिर्ता गर्ने तयारी गर्न निर्देशन दिइन्।
उनले थपिन् —
“विदेशमा कोही ठग बसेको छ भने पनि सम्पर्क गरेर अघि बढ्नुपर्छ। सभ्य समाजको परिचय नै पीडितको आँसु पुछ्न सक्ने क्षमतामा हुन्छ।
Redirecting... Please wait.

Comments
Post a Comment