जहाँ गएपनि नेपलीले आफ्नो हर्कत अनि औकात त देखाउँदा रहेछन्, यौनदुराचार लगायतका क्रियाकलापमा संलग्न ७नेपालीलाई अमेरिकाले गर्यो देशनिकाला...

                   


काठमाडौं । अमेरिकामा यौनदुराचार, शारीरिक दुर्व्यवहार, डकैती, हतियार प्रयोग गरी आक्रमण र मादक पदार्थ सेवन गरेर गाडी चलाउनेजस्ता आपराधिक क्रियाकलापमा संलग्न सात जना नेपालीलाई अमेरिका सरकारले नेपाल फर्काएको छ।


अमेरिकामा डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि जुलाईसम्म ती नेपालीहरू विभिन्न राज्यबाट डिपोर्ट भएका हुन्। उनीहरूको उमेर २८ देखि ३९ वर्षबीच रहेको बताइएको छ।


खसोखास डटकमका अनुसार ती नेपालीहरूलाई न्युयोर्कको जोन एफ केनेडी, नेवार्क, लोगन, भर्जिनिया, एरिजोना र टेक्सासबाट नेपाल पठाइएको हो।


यौन आक्रमण र शारीरिक दुर्व्यवहारमा संलग्न ३९ वर्षीय नेपालीलाई १५ जुलाईमा न्युयोर्कबाट, जबकि डकैतीमा दोषी २८ वर्षीयलाई जुन १० मा एरिजोनाबाट डिपोर्ट गरिएको थियो।


त्यस्तै, नाबालिगसँग अश्लील च्याट गरेको अभियोगमा टेक्सासका ३० वर्षीय नेपाली ३ जुनमा भर्जिनियाबाट फर्काइएका हुन्। मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा ३७ वर्षीय नेपालीलाई टेक्सासबाट कतार हुँदै नेपाल पठाइएको थियो।

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर