हजुरआमा पनि लडाकु, म पनि लडाकु, चुनाव गराएरै छाड्छु : प्रधानमन्त्री
कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको चुनाव निर्धारित मितिमै गराएरै छाड्ने प्रतिबद्धता जनाएकी छिन् ।
बुधबार साँझ बालुवाटारमा भएको जेनजी प्रतिनिधि र राजनीतिक दलहरूबीचको त्रिपक्षीय वार्तामा उनले भनिन्, “म लडाकु हुँ, मेरो हजुरआमा पनि लडाकु हुनुहुन्थ्यो। म चुनाव गराएरै छाड्छु।”
बैठकमा कांग्रेस महामन्त्री गगन थापाले चुनावका तयारीका लागि समय अपुग हुने चिन्ता व्यक्त गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री कार्कीले सरकार चुनावका लागि पूर्ण तयार रहेको बताइन् ।
उनले थप भनिन्, “मलाई कमजोर नसोच्नुस्, म क्रान्तिकारी विचारधारा राख्ने मान्छे हुँ। सत्य र न्यायको पक्षमा बोल्छु, मेरो मुख कसैले थुन्न सक्दैन।”
प्रधानमन्त्रीले संवादलाई सकारात्मक सुरुवात भन्दै नियमित छलफलका माध्यमबाट राजनीतिक सहमति खोजिने बताइन् ।
Redirecting... Please wait.

Comments
Post a Comment