नेपाली नोटमा नेपाल संवत् राख्ने प्रक्रिया अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
कात्तिक, काठमाडौं ।
नेपालको ऐतिहासिक गौरव र सांस्कृतिक पहिचानको प्रतीक नेपाल संवत् अब नेपाली नोटमा पनि उल्लेख हुने भएको छ।
नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले उक्त घोषणा गरेकी हुन्। उनले भनिन् —
“नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु।”
यो घोषणा नेपाल संवत् र नेवार समुदायको ऐतिहासिक योगदानलाई औपचारिक रूपमा सम्मान गर्ने दिशामा सरकारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
प्रधानमन्त्री कार्कीले नेपाल संवत्को उत्पत्तिसँग जोडिएको शंखधर साख्वाको योगदान स्मरण गर्दै भनिन्, “शंखधरले जनतालाई ऋणमुक्त गराएर सामाजिक न्याय र समानताको नयाँ अध्याय सुरु गरेका थिए। यो दिन त्यही मानवता र एकताको प्रतीक हो।”
नेपाल संवत् वि.सं. २०६५ कात्तिक ७ गते राष्ट्रिय संवत् घोषित गरिएको थियो। साथै, शंखधर साख्वालाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको हो।
प्रधानमन्त्रीले सरकारी कार्यालयहरूमा पनि नेपाल संवत्को प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमार्फत थप निर्देशन दिने प्रतिबद्धता जनाइन्।
यो निर्णयले नेपाल संवत् मात्र होइन, सम्पूर्ण नेपाली पहिचान, भाषा, र संस्कृति राष्ट्रिय तहमा अझ प्रस्ट रूपमा स्थापित गर्ने विश्वास गरिएको छ
Redirecting... Please wait.

Comments
Post a Comment