अब हुने निर्वाचनमा नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुहुन्छ हामी फेरि चुनाबमा उठ्छौ,भारी मत लिएर...
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले आगामी निर्वाचनमा पूर्ण सक्रियता र तयारीका साथ सहभागी हुने बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने,
“घोषित मितिमै निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल त्यसमा सहभागी हुनुपर्छ भन्ने हाम्रो स्पष्ट मत हो।”
उनका अनुसार, माओवादी केन्द्रले चुनावलाई राजनीतिक स्थायित्व र जनताको म्यान्डेटको पुनःस्थापनाको अवसरका रूपमा लिएको छ।
“हामी निर्वाचनमा सक्रियताका साथ जानेछौं र जनतामाझ आफ्नो भूमिकाको जवाफ दिनेछौं,” प्रचण्डले भने।
बैठकमा देशभर मनसुनजन्य विपद्ले पारेको क्षति र त्यसपछिका राहत तथा पुनर्निर्माणका कार्यबारे पनि विस्तृत समीक्षा गरिएको थियो।
प्रचण्डले थपे,
“हामीले अब के गर्नुपर्छ भन्ने विषयमा केन्द्रीय समितिले निर्णय गरिसकेको छ। अहिले संगठन र जनताबीचको सम्बन्ध अझ सुदृढ बनाउनुपर्ने समय आएको छ।”
पार्टी स्रोतका अनुसार, माओवादी केन्द्रले आगामी निर्वाचनका लागि संरचनागत तयारी, उम्मेदवार छनोट र गठबन्धन रणनीति सम्बन्धी कार्ययोजना पनि अन्तिम चरणमा पुर्याइरहेको छ।
Redirecting... Please wait.

Comments
Post a Comment