ट्रोल बनाइएकी एमाले जेनजीले क्षमा माग्दै भनिन्-टङ स्लिप भयो (भिडिओ)...

                                

दाङ । जेन-जी आन्दोलनको एक महिनापछि महासचिव शंकर पोखरेलको गृहजिल्लामा एमालेले प्रदर्शन गर्यो । तुलसीपुर चोकमा आयोजित कोण सभामा जेन-जी पुस्ताको नेतृत्व गर्दै ब्याचलर दोस्रो वर्षमा अध्ययनरत् रेजीना चौधरीलाई सम्बोधन गर्न दिइयो ।

भाषणका क्रममा केही शब्दमा भएको त्रुटिले उनलाई सामाजिक सञ्जालमा ट्रोलको शिकार बनाइएको छ । अहिलेसम्म कुनै फोरममा नबोलेकी उनलाई मासमा बोल्न लगाइएपछि केही हड्बडाइन

उनले 'जागरण सभा' भन्नुपर्नेमा 'सधारणसभा` भनिन् । त्यसैगरी 'घोर भत्सर्ना गर्दछु 'भन्नुपर्नेमा 'घोर भ्रष्टाचार गर्दछु' भनिन् । जसले उनलाई समाजिक सञ्जालमा आलोचित बनायो । उनी अहिले एकप्रकारले विक्षिप्त बनेकी छन् ।
नेपाल प्रेससँग सम्पर्कमा आएकी उनले आफ्नो कारणले एमाले र उसका नेताको बदनाम भएको कि भन्ने चिन्ता लागेको सुनाइन् । आफूले बोल्न नजानेर गलत शब्द बोलेको नभई पहिलो पटक ठूलो जनमानसमा बोलेका कारण हस्तोत्साही भएर टङ स्लिप भएको रेजीनाको भनाइ छ ।

'म कार्यक्रममा कहिल्यै बोलेकी थिइनँ । नियतबस वा नजानेर होइन । पहिलो पटक भएकाले हस्तोत्साहित भएकी हुँ।`

सामाजिक सञ्जालका आलोचनाले आफू विचलित नहुने बताइन् । आफू पनि जेनजी भएको उल्लेख गर्दै उनले जेसुकै नाममा हुने अराजकताको सधैं विरोध गर्ने सुनाइन ।

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर