जेनजीसँग प्रधानमन्त्रीले भनिन्- ढुक्क हुनुस्, सरकार...

                                    



 काठमाडौं ,जेन–जी आन्दोलनका प्रतिनिधि र राष्ट्रपति रामचन्द्र पौडेलबीच शनिबार बिहान शीतलनिवासमा तय गरिएको वार्ता अन्तिम क्षणमा स्थगित भएको छ।


राष्ट्रपति कार्यालय स्रोतका अनुसार पौडेललाई बिहानै स्वास्थ्य समस्या देखिएपछि अस्पताल लगिएको हो। उनको अहिले पनि उपचार जारी रहेको र चिकित्सकको निगरानीमा राखिएको बताइएको छ।


शनिबार बिहान ९ बजे नै जेन–जीका प्रतिनिधिहरूलाई शीतलनिवास बोलाइएको थियो। उनीहरू छुट्टाछुट्टै समूहमा समयमै पुगे पनि, राष्ट्रपति अनुपस्थित भएपछि बैठक अघि बढ्न सकेन।


राष्ट्रपति अस्पताल पठिनुअघि नै प्रधानमन्त्री सुशीला कार्की शीतलनिवास पुगिसकेकी थिइन्। उनले त्यहाँ उपस्थित जेन–जी प्रतिनिधिहरूसँग अनौपचारिक छलफल गरिन्।


स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले सो छलफलमा सरकारमाथि लागेको आरोप खारेज गर्दै सुशासन र समयमै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरिन्। छलफलमा सुदन गुरुङ, रक्षा बम, युजन राज भण्डारी, रिजन रानामगर, मिराज ढुंगाना लगायतका जेन–जी अगुवा सहभागी थिए।


छलफलमा सहभागी एक प्रतिनिधिले भने,


“राष्ट्रपतिसँग भेट हुन पाएन, उहाँ अस्पताल जानुपर्‍यो। तर प्रधानमन्त्रीले हामीलाई स्पष्ट आश्वासन दिनुभयो कि सरकार जवाफदेही छ र ढिलाइ भएकाम काम अघि बढाइन्छ।”


प्रधानमन्त्रीको सँगै रहेका वरिष्ठ मन्त्रीहरूले पनि जेन–जी आन्दोलनका मागहरूमाथि सरकार संवेदनशील रहेको बताउँदै, विपत्तिका कारण केही ढिलाइ भए पनि आवश्यक कारबाही सुरु भएको जानकारी दिएका थिए।


तर, छलफलमा सहभागीहरूका अनुसार हल सानो र सहभागी धेरै भएकाले संवाद प्रभावकारी हुन सकेन। एक प्रतिनिधिले भने,


“हामीले प्रधानमन्त्रीलाई चरणबद्ध रूपमा फरक–फरक समूहसँग भेट्ने प्रस्ताव दिएका छौं। यसरी ठूलो समूहमा गफ गर्दा गहिरो कुरा हुन सक्दैन।”

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर