जनकपुरको सुन पसलमा प्रहरीले छापा हानेपछि दुई पक्षबीच झडप:१० जना प्रहरी..
कात्तिक, जनकपुरधाम ।
तिहारको पूर्वसन्ध्यामा जनकपुरधामको सोनारपट्टी क्षेत्र तनावग्रस्त बनेको छ। संजय ठाकुरले हालै सञ्चालनमा ल्याएको नयाँ ज्वेलर्समा गएराति प्रहरीले छापा मार्न खोजेपछि प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो।
घटनामा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् भने १० जना प्रहरी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमले जानकारी दिए।
प्रहरीले स्थिति नियन्त्रणमा लिन ७ राउण्ड हवाइ फायर र २ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ।
डीएसपी बमका अनुसार, राजस्व अनुसन्धान विभाग पथलैयासँग समन्वय गरी छापा मारिएको थियो र सो क्रममा बिल–विजकबिनाको करिब ७ किलो चाँदी बरामद गरिएको हो। तर, व्यवसायीहरूले प्रहरीले ‘धनतेरसको मुखमा आतंक सिर्जना गरेको’ आरोप लगाएका छन्।
उद्योग वाणिज्य संघका महासचिव फुलदेव पण्डितका अनुसार प्रहरी सिभिल ड्रेसमा आएर जबरजस्ती चाँदी लैजान खोज्दा स्थिति बिग्रिएको हो।
Redirecting... Please wait.

Comments
Post a Comment