प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने गौतम घिसिङ पक्राउ

कात्तिक, काठमाडौं । २४ भदौको जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण र हतियार लुटपाटमा संलग्न भएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति दोलखाको शैलुङ गाउँपालिका–१ घर भई हाल काठमाडौं–३२ जडीबुटीमा बसोबास गर्ने ४८ वर्षीय गौतम घिसिङ हुन्। 🔹 प्रहरीमाथि आक्रमण र हतियार लुटपाटको आरोप काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार, घिसिङले २४ भदौमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गर्नेदेखि हतियार लुट्ने गतिविधिसम्ममा संलग्न रहेको प्रमाण भेटिएको छ। उनका अनुसार, पक्राउ परेका घिसिङमाथि ‘ज्यान मार्ने उद्योग’ र ‘आपराधिक उपद्रव गर्न नहुने कसुर’ अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट थप ८ दिन म्याद अनुमति लिएर अनुसन्धान भइरहेको छ। 🔹 पहिले पनि बैंकिङ कसुरमा मुद्दा दर्ता भट्टराईका अनुसार घिसिङ पहिले नै बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त हुन्। उनविरुद्ध २०७९ सालको ४ असोज र १० फागुनमा बैंकिङ कसुरसम्बन्धी दुईवटा छुट्टाछुट्टै मुद्दा प्रहरी वृत्त गौशालामा दर्ता भएका थिए। 🔹 अनुसन्धान अघि बढ्दै हाल प्रहरीले उनको अघिल्ला आपराधिक रेकर्ड, आन्दोलनमा भूमिका, र सम्भावित सहकार्यका नेटवर्कबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले भनेको छ, “उनी जेनजी आन्दोलनको दिनमा भएका हिंसात्मक गतिविधिसँग प्रत्यक्ष रूपमा जोडिएका छन्, त्यसैले विस्तृत अनुसन्धान भइरहेको छ।

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर