माओवादीभित्र 'जेनजी रेड टास्क फोर्स' गठन, प्रचण्डलाई थप एक कार्यकाल अध्यक्ष...
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट जेनजी समूहले पार्टीभित्रको स्थिरता र नेतामुखी प्रवृत्तिविरुद्ध ‘जेन जेड रेड टास्क फोर्स’ गठन गरेको छ।
यो टास्क फोर्सको नेतृत्व अखिल (क्रान्तिकारी) की केन्द्रीय सदस्य स्मृति तिमल्सिना (निमल्सिना) ले लिएकी छन्।
तिमल्सिनाका अनुसार हालसम्म ४० जिल्लामा संयोजक तोकिसकिएको छ र बाँकी जिल्लामा पनि छान्ने कार्य तीव्र रूपमा अघि बढिरहेको छ। उनले माओवादी केन्द्रभित्र “व्यक्तिवादी संस्कृति र चाकरीवादी राजनीति” मौलाएको आरोप लगाइन्।
“बरु पार्टी सकियोस्, तर पद छोड्न कोही तयार छैन,” तिमल्सिनाले भनिन्, “बीस वर्षदेखि हाँक्नेहरूले अन्त्यमा एमाले र कांग्रेसजस्तै बनाइदिए। त्यसैले हामीले नयाँ हस्तक्षेपको बाटो रोज्यौं।”
रेड टास्क फोर्सले पाँच मुख्य कार्य गर्ने जनाएको छः
1️⃣ युद्धकालमा “माओवादीले १७ हजार मारे” भन्ने ‘गलत भाष्य’ चिर्ने र जनतालाई वास्तविकता बुझाउने।
2️⃣ गाउँगाउँमा रेड टास्क पोस्ट स्थापना गरेर जनगुनासो सुन्ने।
3️⃣ पार्टीलाई पुनःसंरचना गरी संगठन सुदृढ गर्ने।
4️⃣ आगामी निर्वाचनमा बहुमत ल्याउने तयारी गर्ने।
5️⃣ चिनियाँ कम्युनिस्ट पार्टीजस्तै एकीकृत कम्युनिस्ट पार्टी निर्माणको अभियान सुरु गर्ने।
तिमल्सिनाले भनेकी छन्, “अहिलेसम्म प्रचण्डकै विकल्प देखिँदैन। कार्यकर्ताहरू पनि अन्तिमपटक उहाँलाई नेतृत्वमा देख्न चाहन्छन्।”
Redirecting... Please wait.

Comments
Post a Comment