६० किलो सुन तस्करी प्रकरणमा दावासहित १०...

असोज, काठमाडौं । ब्रेक प्याडमा लुकाएर ल्याइएको ६० किलो सुन तस्करी प्रकरणमा संलग्न अधिकांश चिनियाँ तस्कर कारागारबाट फरार भएको खुलेको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राति देशभरका विभिन्न कारागारमा तोडफोड र आगजनी हुँदा सुन तस्करीमा संलग्न चिनियाँ कैदीहरू पनि भागेका हुन् । गृह मन्त्रालयका अनुसार, ललितपुरको नख्खु कारागार र काठमाडौंको **सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल)**मा रहेका ती कैदीबन्दीमध्ये २५ जना चिनियाँ नागरिक फरार भएका छन् । तीमध्ये १० जना ६० किलो सुन तस्करी प्रकरणमा जेल चलान गरिएका व्यक्ति हुन् । कारागार व्यवस्थापन विभागका सहसचिव तथा प्रवक्ता चोमेन्द्र न्यौपानेका अनुसार फरार कैदीहरूमध्ये मुख्य नाइके दावा छिरिङ (निमा तामाङ) पनि छन् । दावाले काभ्रेबाट झूटो विवरणमा नेपाली नागरिकता र राहदानी लिएका थिए, जसमा ५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना (नागरिकता कीर्ते) र ३ वर्ष कैद तथा ३० हजार जरिवाना (राहदानी प्रकरण) सजाय सुनाइएको थियो । दावाले रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेका थिए । उनीहरूको नाममा ठमेलस्थित होटल भियना रहेको र सोही होटलमा बसेर सुन तस्करीको योजना बनाउने गरिएको प्रहरी अनुसन्धानले देखाएको थियो । दावा छिरिङको उच्चस्तरीय राजनीतिक र प्रहरी वृत्तसँग घनिष्ठ सम्बन्ध रहेको प्रहरी स्रोतले जनाएको छ । अनुसन्धानका क्रममा दावाको अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसँग म्यासेज आदानप्रदान भएको विवरण समेत फेला परेको थियो । फरार भएको एक महिना नाघिसकेकाले ती चिनियाँ समूह नेपाल छाडिसकेको हुनसक्ने आशंका गरिएको छ । स्रोतका अनुसार, गृह मन्त्रालयले अन्तर्राष्ट्रिय अपराध नियन्त्रण संगठन (इण्टरपोल) सँग रेड नोटिस जारी गर्न तयारी गरिरहेको छ ।

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर