हमासले पुष्टि गर्यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई...

२७ असोज, काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमासले इजरायली आक्रमणमा बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ। जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई हस्तान्तरण गर्न लागिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। हमासको सैन्य शाखाले सार्वजनिक गरेको सूचिमा इ इलौज, योस्सी शराबी, बिपिन जोशी र डानियल पेरेत्सका शव रहेका छन्। इजरायली सेनाका अनुसार, रेड क्रस टोलीले गाजाको दक्षिणी क्षेत्रबाट ती शवहरू संकलन गर्न गइरहेको छ। विपिन जोशी २०२३ अक्टोबर ७ मा गाजा नजिकैको किबुज अलुमिममा भएको हमास आक्रमणमा बन्धक बनेका थिए। उनी इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि गएका १६ जना नेपाली विद्यार्थीमध्ये एक थिए। आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भएको थियो भने विपिनलाई हमासले अपहरण गरेको थियो। पछि गाजा सहरको अल शिफा अस्पतालमा खिचिएको ३३ सेकेन्डको भिडियोमा विपिन अन्तिमपटक देखिएका थिए। उनको रिहाइका लागि नेपाल सरकारले निरन्तर कूटनीतिक पहल गर्दै आएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउद, र राष्ट्रपति रामचन्द्र पौडेलले समेत कतार र इजरायल सरकारसँग विपिनको उद्धारका लागि आग्रह गरेका थिए। तर लामो प्रयासपछि पनि विपिन सकुशल फर्कन सकेनन्। आज हमासले उनको मृत्यु पुष्टि गर्दै शव फिर्ता गर्ने जानकारी दिएको छ। विपिनको परिवार कञ्चनपुरमा बसोबास गर्छ। उनका बुबा महेन्द्र जोशी र आमा पद्मा जोशीले निरन्तर आफ्ना छोराको रिहाइका लागि नेपाली सरकार र अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गर्दै आएका थिए। अब विपिनको शव इजरायलमा रहेको नेपाली दूतावासमार्फत नेपाल ल्याइने तयारी भइरहेको बताइएको छ।

Redirecting... Please wait.



Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर