तीन दलका तीन प्रमुख नेताहरूलाई बिदा गरौं : गगन थापा
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आइतबार भिडियो सन्देशमार्फत तीन ठूला दलका प्रमुख नेतालाई बिदा गर्नुपर्ने आग्रह गरेका छन्।
उनले भने, “तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं।”
थापाले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई आफ्नो नेताहरूलाई स्पष्ट भन्न आग्रह गरे— “अब नो मोर।”
उनले पार्टीभित्र महाधिवेशनको माग दोहोर्याउँदै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताउँदै भने, “नेतृत्व बदलेपछि मात्र नयाँ राजनीतिक संस्कृतिको सुरुवात हुन्छ।”
Redirecting... Please wait.

Comments
Post a Comment