डा. निकोलस भुसालले गाँजा सेवन गरेको खुलासा, सुधार केन्द्रमा राख्ने गरी परिवारलाई बुझाउने तयार

काठमाडौं । जेन–जी आन्दोलनको समर्थनमा माइतीघरमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा भुसालले गाँजा सेवन गरेको पुष्टि भएको छ। प्रहरीले भुसाललाई अहिले परिवारको जिम्मामा सुधार केन्द्र (रिह्याब सेन्टर)मा राख्ने तयारी गरेको जनाएको छ। एसपी भट्टराईले भने, “गत वर्ष पनि उनी गाँजा सेवन गरेको अवस्थामा पक्राउ परेका थिए। कानूनी प्रावधानअनुसार यस्ता बिरामीलाई उपचारका लागि रिह्याब पठाइन्छ।” भुसाल गत वर्ष सिंहदरबार प्रहरी वृत्तमा डीएसपी रहँदा पक्राउ परेका थिए। पछिल्ला महिनामा उनी जेन–जी आन्दोलनसँग सक्रिय रूपमा जोडिएका थिए। आज माइतीघरमा केही समूहले प्रदर्शन फिर्ता गरे पनि भुसाललगायतको समूह आन्दोलनमा उत्रिएको थियो। प्रहरीका अनुसार आजको प्रदर्शनका क्रममा जम्मा ४४ जना प्रदर्शनकारी पक्राउ परेका छन्। पक्राउ परेकाहरूको क्रिमिनल ट्र्याक रेकर्ड र स्वास्थ्य परीक्षणपछि आवश्यक भए परिवारको जिम्मामा बुझाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर