आफ्नो बहुमत हुनेगरी प्रधान न्यायाधीशले वरिष्ठ न्यायाधीशहरूलाई पन्छाएर गठन गरे संवैधानिक इजलास, गोला प्रथाको असंवैधानिक अडानबाट
आफ्नो बहुमत हुनेगरी प्रधान न्यायाधीशले वरिष्ठ न्यायाधीशहरूलाई पन्छाएर गठन गरे संवैधानिक इजलास, गोला प्रथाको असंवैधानिक अडानबाट ३ महिनापछि ब्याक,
काठमाडौं । संवैधानिक इजलासमा आफू अनुकूल फैसला नभएपछि प्रतिशोधमा उत्रिएका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत अन्ततः करिब ३ महिनापछि संविधानबमोजिम इजलास गठन गर्न बाध्य भएका छन् ।
संविधानको धारा १३७ विपरीत संवैधानिक इजलास पनि गोला प्रक्रियाबाट चयन गर्ने उनको प्रयासमा वरिष्ठतमसहित बहुमत न्यायाधीश असहमत भएपछि लामो समय इजलास नै बस्न सकेको थिएन ।
बुधवार राउतले संविधान बमोजिम न्याय परिषदको रोष्टरभित्रबाट इजलास गठन गरका छन्,
तर उनले वरिष्ठ न्यायाधीशहरूबाट संवैधानिक इजलास गठन गर्ने प्रचलन भने तोडेका छन् ।
बुधबार गठित इजलासमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लपछिका बरिष्ठ न्यायाधीशहरूलाई राखिएको छैन । सपनापछिको वरीयतामा क्रमशः रहेका कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा र कुमार चुँडाललाई राउतले संवैधानिक इजलासमा राखेका छैनन् ।
उनले अन्तिमबाट क्रमशः नहकुल सुवेदी, तीलप्रसाद श्रेष्ठ र विनोद शर्मालाई इजलासमा राखेका छन् । तीलप्रसाद र विनोद शर्मा संवैधानिक इजलास गोला प्रक्रियाबाट गठन गर्नुपर्छ भन्ने पक्षमा उनलाई साथ दिएका न्यायाधीश हुन् ।
सपना प्रधान मल्ल र नहकुल सुवेदी संविधान बमोजिम न्याय परिषदले सिफारिस गरेको वरिष्ठताभित्रका न्यायीशबाट गठन हुनुपर्ने पक्षमा थिए । आज गठन गरेको संवैधानिक इजलासमा प्रधान न्यायाधीश राउतले आफू बहुमतमा रहेको सन्देश दिन खोजेका छन् ।
Redirecting... Please wait.

Comments
Post a Comment