ओली र लेखकविरुद्ध जाहेरी लिएर प्रहरीमा पुगे सुधन गुरुङ, प्रहरीद्वारा...

काठमाडौं । ‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरी कार्यालय पुगेका छन्। गुरुङ शुक्रबार दिउँसो काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा लिखित जाहेरीसहित उपस्थित भएका थिए। ओली र लेखकविरुद्ध जाहेरी लिएर प्रहरीमा पुगे सुधन गुरुङ, प्रहरीद्वारा दर्ता भएन।
 उनले जेनजी आन्दोलनका क्रममा भएको ‘राज्यद्वारा दमन’को जिम्मा ओली र लेखकले लिनुपर्ने भन्दै जाहेरी दिएका हुन्। तर प्रहरीका अनुसार, उक्त घटना सम्बन्धी छानबिन हाल न्यायिक जाँचबुझ आयोगमार्फत भइरहेको भएकाले जाहेरी तत्काल दर्ता गर्न नसकिने जनाएको छ। प्रहरी स्रोतका भनाइअनुसार, आयोगको निष्कर्ष नआउँदासम्म सो मुद्दा कानूनी रूपमा सम्हाल्न सकिँदैन। जाहेरी दर्ता नभएपछि सुधन गुरुङ असन्तुष्ट हुँदै ‘सडकबाटै देखाइदिन्छौं’ भन्दै प्रहरी परिसरबाट फर्किएका थिए। स्रोतका अनुसार उनले बाहिर निस्कँदै भने, “यदि राज्यले न्याय दिन्छ भने राम्रो, नभए सडकमा न्याय खोज्न बाध्य हुनेछौं।” यसअघि पनि सुधन गुरुङ सामाजिक सञ्जालमा निकै सक्रिय रहँदै आएका छन्। सुशीला कार्की नेतृत्वको सरकारले जनताका आवाज सुन्नुपर्ने भन्दै उनले जेनजी आन्दोलनपछि नै ‘नयाँ पुस्ताको न्याय’ शीर्षक अभियान सञ्चालन गर्दै आएका छन्।

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर