सिरहामा प्रहरीकै अगाडि ५ दलित समुदायको घर भत्काएर लुटपाट र तोडफोड...

                   


जनकपुरधाम, १८ असोज । सिरहाको कल्याणपुर नगरपालिका–८, अरङ गाउँमा दलित बस्तीमाथि भएको आक्रमणले स्थानीयहरू आक्रोशित भएका छन्। शुक्रबार साँझ करिब ५ बजेतिर पाँच दलित परिवारका घर प्रहरीकै अगाडि तोडफोड र लुटपाट गरिएको हो।


पीडित राजकुमार पासवानका अनुसार, राजकुमार सिंह, प्रभाष सिंह, शैलेन्द्र सिंह र नितेश सिंहलगायत २०–२५ जनाको समूहले घर भत्काई सुन, चाँदी, अन्नपात लुटेका थिए।

“हामीले प्रहरी बोलाएका थियौं, तर उनीहरू मुकदर्शक बने,” राजकुमारले गुनासो गरे।


लुटपाटमा संलग्नले खानेपानीका हातेपम्प, फलफूलका बिरुवा र घरका सामानसमेत नष्ट गरेका छन्।


घटनापछि इलाका प्रहरी कार्यालय मिर्चेया र सशस्त्र प्रहरीको टोली पुगेपछि समूह फरार भएको थियो।

सिरहा प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले भने, “प्रहरीले तोडफोड रोक्ने प्रयास गरेको थियो र गोली चलाउने चेतावनी समेत दिएको थियो।”


प्रहरीले एक जनालाई पक्राउ गरिसकेको र बाँकी फरार अभियुक्तको खोजी जारी रहेको जनाएको छ।

दलित समुदायले भने यस घटनालाई पूर्वनियोजित आक्रमण र जातीय अन्यायको रूपमा लिएका छन्

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर