जेनजी युवा विद्रोहबाट सत्तामा आएकी सुशीला कार्कीले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका अकाउन्ट प्रयाेग...
२० असोज, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक सञ्जाल अकाउन्ट प्रयोग नगर्ने निर्णय गरेकी छन्।
जेनजी आन्दोलनबाट सत्तामा पुगेकी कार्कीले अब आफ्ना सन्देशहरू नयाँ फेसबुक, एक्स (ट्विटर) र इन्स्टाग्राम अकाउन्टमार्फत सार्वजनिक गर्नेछिन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता रविलाल पन्थले जारी गरेको विज्ञप्तिमा उल्लेख छ —
“हालका प्रधानमन्त्रीले प्रयोग गर्ने सामाजिक सञ्जाल अकाउन्टको युजरनेम अघिल्ला प्रधानमन्त्रीका भन्दा फरक हुनेछ।”
प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार, कार्कीले पुरानो अकाउन्ट नचलाउने स्पष्ट निर्देशन दिएकी थिइन्।
उनका शब्दमा — “प्रधानमन्त्रीज्यूले नयाँ अकाउन्टबाटै संचार गर्न चाहनुभयो, त्यसैले नयाँ खोलेका हौं।”प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालका अनुसार,
“अघिल्ला प्रधानमन्त्री ओलीको पोस्ट र गतिविधिहरु पुरानो अकाउन्टमा देखिन्थे, त्यसैले नयाँ अकाउन्ट प्रयोग गर्न सुरु गरिएको हो।”
खनालले भने, “अर्को सरकार आएपछि हामीले यो नयाँ अकाउन्ट पनि औपचारिक रूपमा ह्यान्डओभर गर्नेछौं।”
यसबीच, ओलीको सचिवालयले एक्स (ट्विटर) अकाउन्ट मात्र हस्तान्तरण गरेको पुष्टि भएको छ — त्यो पनि आइतबार मात्रै।
तर फेसबुक र इन्स्टाग्राम अकाउन्ट अझै हस्तान्तरण भएको छैन।
अहिले प्रधानमन्त्री कार्कीको सचिवालयसँग पुरानो @PM_nepal र नयाँ @pmsushilakarki दुवै एक्स अकाउन्टमा पहुँच छ,
तर आधिकारिक सन्देश अब नयाँ अकाउन्टबाटै सार्वजनिक हुने सरकारी स्रोतले जनाएको छ।
Redirecting... Please wait.

Comments
Post a Comment