के भन्नु खै ?सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएपछि गाउँपालिका अध्यक्ष..

कात्तिक, जनकपुरधाम । वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि विवादमा परेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टा मालिस गराउँदै गरेको भिडियो भाइरल भएपछि चौधरीलाई आलोचनाको तीव्र सामना गर्नुपरेको थियो । उनी एमालेबाट निर्वाचित अध्यक्ष हुन् भने उपाध्यक्ष कल्पना चौधरी नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन् । अध्यक्ष चौधरीले ५ असोजमा उपाध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका थिए, र सोही दिन गाउँसभा पनि बसेको थियो । राजीनामा पत्रमा उनले लेखेका छन्, “पदमा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको महसुस गरेकोले स्वेच्छाले अध्यक्ष पदबाट राजीनामा दिएको छु। गाउँपालिका अध्यक्षको हैसियतले पाएको अनुभव मेरो जीवनको महत्त्वपूर्ण उपलब्धि हो।” उनले थप लेखेका छन् कि भविष्यमा पनि समाज र गाउँको सेवामा आफू समर्पित रहनेछन् । पालिका उपाध्यक्ष कल्पना चौधरीका अनुसार, आज बसेको कार्यपालिका बैठकले अध्यक्ष चौधरीको राजीनामा औपचारिक रूपमा स्वीकृत गरेको छ । राजनीतिक रूपमा मिश्रित नेतृत्व भएको यस पालिकामा जनप्रतिनिधिहरूबीचको विवादकै कारण ५ असोजमा मात्रै गाउँसभा बस्न सकेको थियो ।

Redirecting... Please wait.

Comments

Popular posts from this blog

चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि

राष्ट्रपतिले सुशीलालाई भनेका थिए, 'प्रधानमन्त्री बनिनौ भने म तिमीलाई मिडिया बोलाएर