चुनाव सकिय लगत्तै फेरि खुल्यो नक्कली भुटानी शरणार्थीसम्बन्धी फाइल, भूषण राणाको घरबाट
काठमाडौं । लामो समयदेखि अधुरो अनुसन्धानमै ‘टुंगिएको’ भनिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले फेरि सक्रियता देखाएको छ। यही क्रममा आइतबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवाका सालो तथा डा. आरजु राणाका भाइ भूषण राणाको जावलाखेलस्थित घरमा प्रहरी छापा परेको हो। गृहमन्त्रीको आदेशपछि पुनः अनुसन्धान गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को निरीक्षणका क्रममा राजनीतिक आग्रहमा रोकिएका मुद्दा पुनः अगाडि बढाउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार प्रहरीले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान सुरु गरेको हो। छापामा केही फेला परेन डीएसपी सत्यनारायण थापा नेतृत्वको टोलीले राणाको घरको लिभिङ रुम र शयनकक्षमा छापा मारेको थियो। तर, आशंकित कागजात वा प्रमाण फेला नपरेपछि प्रहरी रित्तै फर्किनु परेको छ। राणा भने केही महिनादेखि वटरीसालमा बस्दै आएका कारण छापा मार्दा घरमै नभएको बताइएको छ। जेनजी आन्दोलनसँग सम्बन्ध छैन राणाको घरमा छापा परेपछि कतिपयले यसलाई भदौ २३–२४ को जेनजी आन्दोलनका क्रममा देउवाको घरमा भेटिएका रकमसँग जोडिएको अनुमान गरेका थिए। तर प्रहरी स्रोतले भ...







Comments
Post a Comment